‘इमरान खानलाई फिर्ता नल्याए जेलहरू भरिदिनेछौं’

डिसी नेपाल
४ वैशाख २०७९ १२:०४
22.7k
Shares

काठमाडौं । अवामी मुस्लिम लिगका नेता शेख रशीदले शनिबार राति कराँचीको एक र्‍यालीमा भने – इमरान खानलाई चार महिनाअघि आपतकाल लगाउन, संसदहरू विघटन गर्न र गभर्नर राज लागू गर्न भनिएको बताएका छन् ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले हिजो राति कराँचीमा एउटा ठूलो र्‍यालीलाई सम्बोधन गरे जसमा उनको क्याबिनेटका पूर्व मन्त्री शेख रसिद पनि उपस्थित थिए। शेख रशिदले भने – २० मे भन्दा पहिले इमरान खानलाई उनको सरकार ध्वस्त हुनेछ भनिएको थियो।

उनले भने, ‘पाकिस्तानी सेनालाई अन्तिम कुरा भन्न चाहन्छु कि हेर, हामी तिम्रो साथमा छौँ।’ त्यसपछि उनले जनतालाई पाकिस्तानको झण्डा फहराउन आग्रह गरे । शेख रशिदले भने – यदि इमरान खानलाई फिर्ता नल्याए जेलहरू भरिदिनेछौं ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *