रूसी राष्ट्रपति र साउदी राजकुमारबीच वार्ता
काठमाडौं । साउदी युवराज मोहम्मद बिन सलमान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शनिबार फोनवार्ता भएको छ । रुसको विदेश मन्त्रालयले यसबारे जानकारी दिँदै वार्ताको प्रस्ताव साउदी अरबबाटै आएको बताएको छ ।
दुई नेताबीच द्विपक्षीय सहयोगका साथै व्यापार र अर्थतन्त्रका विषयमा छलफल भएको थियो । ‘नेताहरूले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्’, विज्ञप्तिमा भनिएको छ।
साउदी युवराज र रुसका राष्ट्रपतिबीच भएको वार्तामा विश्व तेल बजारको स्थिरता सुनिश्चित गर्न ओपेक प्लस ढाँचामा जोड दिइएको थियो। दुवै नेताले युक्रेनको पछिल्लो अवस्थालगायत अन्य अन्तर्राष्ट्रिय विषयमा पनि कुराकानी गरेका थिए ।
उक्त कुराकानीमा भ्लादिमिर पुटिनले साउदी अरबका जनतालाई पवित्र महिना रमजानको शुभकामना दिएका थिए ।







डिसी नेपाल







Facebook Comment