लगातार छैटौं खेल हारेपछि रोहित शर्माले के भने ?
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को सबैभन्दा सफल टोली यतिबेला संघर्षरत छ । शनिबार भएको खेलमा मुम्बई इन्डियन्स लखनउ सुपर जाइन्ट्ससँग पराजित भएको हो । आईपीएल २०२२ मा मुम्बईको यो लगातार छैटौं हार हो, अर्थात् टोलीले अहिलेसम्म एउटा पनि खेल जित्न सकेको छैन।
खेल सकिएपछि मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा निराश देखिए र हारको जिम्मेवारी आफैंले लिए । रोहितले भने कि यदि मलाई के गल्ती भइरहेको छ भन्ने थाहा भएको भए म यसलाई ठीक गर्ने थिएँ तर अहिले त्यस्तो भइरहेको छैन।
मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले भने ‘तर म पूर्ण जिम्मेवारी लिन्छु, म आफ्नो अनुभवको पूरा सदुपयोग गर्नेछु र हामी एक टोलीको रूपमा पुन: फर्कने प्रयास गर्नेछौं।’ रोहित शर्माले कप्तानको रुपमा जित हासिल गर्न सकेका छैनन् र ब्याटिङमा पनि असफल भइरहेका छन् ।
लखनउ सुपर जाइन्ट्स विरुद्धको खेलपछि रोहित शर्माले साझेदारी नटिक्नु हानिकारक सावित भएको बताए । उनले भने ‘हाम्रो टोलीले राम्रो बलिङ गर्यो, तर केएल राहुलको शानदार ब्याटिङका अगाडि असफल साबित भयो।’ रोहित शर्माले एक खेलाडीले केही गरेर मात्र खेल नजितिने भएकोले अन्य खेलाडीले पनि प्रदर्शनमा सुधार गर्नुपर्ने बताए । ‘तर हामीले विपक्षी टोलीको पनि प्रशंसा गर्नुपर्छ, केएल राहुलको इनिङ्स उत्कृष्ट थियो’ उनले भने ।
मुम्बई इन्डियन्सले सिजनको पहिलो ६ खेलमा लगातार हार बेहोरेको यो पहिलो पटक हो। मुम्बई भन्दा पहिले, दिल्ली डेयरडेभिल्स (२०१३) र रोयल च्यालेन्जर्स बैंगलोर (२०१९) ले पनि लगातार ६ खेल हारेका छन् । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले यो सिजन लगातार ६ खेलमा हार बेहोरेको छ ।







डिसी नेपाल







Facebook Comment