नाबालिगले पल प्रकरणमा बयान फेरेपछि अभिनेत्री पूजा शर्माले भनिन्- ‘थ्याङ्क्यु गड’
काठमाडौं । पीडित भनिएको पक्षले पल शाह बलात्कार प्रकाणमा बयान फेरेपछि अभिन्त्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन् ।
पीडित भनिएकी नाबालिग गायिकाले तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा दबाब र प्रभावमा परेको भन्दै बयान फेरेको समाचारहरु सार्वजनिक भएसँगै अभिन्त्री पूजा खुसी देखिएकी हुन् ।
उनी यसअघि पलमाथि बलात्कारको आरोप लाग्दै उजुरी परेपछि पललाई फसाउन खोजिएको भन्दै उनको पक्षमा रहेकी थिइन् ।
आइतबार पलविरुद्धको बयान पीडित भनिएको पक्षबाट गरिपछि नायिका शर्माले घटनाबारे केही उल्लेख नगरी सामाजिक सञ्जालमा लेखेकी छन्, ‘थ्याङ्क्यु गड ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment