घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

डिसी नेपाल
५ वैशाख २०७९ १०:०७
208
Shares

काठमाडौं। पाँचथरको फिदिम नगरपालिका-१ बुद्धचाेकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो।

सो क्रममा उनी पुरिएका थिए। स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो। गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *