माओवादी केन्द्र दाङका इन्चार्ज गौतमले पार्टी छाडे

डिसी नेपाल
५ वैशाख २०७९ १३:३२
1.1k
Shares

दाङ। माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले पार्टी छाडेका छन्।

पार्टीभित्र चरम गुटबन्दी र गैरकम्युनिष्ट चरित्र देखिएको भन्दै गौतमले पार्टीको केन्द्रीय सदस्यदेखि सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।

सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन्। उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए। तर, गठबन्धन दलबीच घोराही उपमहानगर कांग्रेसको भागमा पर्ने भएपछि उनले माओवादी त्यागेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.