कोलकाता नाइटराइडर्स हार्दा शाहरुख खान किन खुसी छन् ?

डिसी नेपाल
६ वैशाख २०७९ १६:१९
1.3k
Shares

काठमाडौं । बलिउड अभिनेता तथा कोलकाता नाइटराइडर्सका सह-मालिक शाहरुख खानले आईपीएलको रोमाञ्चक खेलमा आफ्नो टोलीको हारपछि आफ्ना खेलाडीहरूलाई हौसला दिँदै भने, ‘मलाई थाहा छ हामीले हारेका छौं तर हारेका छौं भने पनि हार्ने सही तरिका यही हो! आफ्नो मनोबल कायम राख्नुहोस्।”

सोमबार राति राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच भिडन्त भएको थियो । राजस्थान रोयल्सले पाँच विकेट गुमाएर २१७ रन बनाएको थियो भने कोलकाता नाइट राइडर्सको टोली २१० रन मात्रै बनाउन सकेको थियो । केकेआरका कप्तान श्रेयस अय्यर र आरोन फिन्चले अर्धशतक बनाएपनि पनि टोली हारेको थियो ।

यस खेलमा राजस्थान रोयल्सका लागि युजवेन्द्र चहलले ह्याट्रिक विकेट लिए भने जोस बटलरले तुफानी शतक बनाए । रोमाञ्चक खेलमा निराश टिमलाई शाहरुख खानले आफ्नो परिचित शैलीमा हौसला दिए ।

उनले ट्विटमा भने, ‘तिमीले राम्रो खेल्यौ । श्रेयस, आरोन, उमेशले राम्रो काम गरे। १५० औं खेलमा सुनिल र १५ वर्षअघि खेलेको इनिङ्सका लागि ब्रेन्डन म्याकुलमलाई बधाई । मलाई थाहा छ हामीले हार्‍यौं तर यदि हामीले हार्नै पर्छ भने यो सही तरिका हो। आफ्नो मनोबल कायम राख्नुहोस्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *