पर्सिदेखि मनाेनयन दर्ता, तर दलदहरूलाई उम्मेद्‍वार टुंग्याउनै सकस

डिसी नेपाल
९ वैशाख २०७९ १०:३३
128
Shares

काठमाडौं। आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेसहितका दलले उम्मेद्‍वारकाे टु‌ंगाे लगाउन सकेका छैन।

निर्वाचन आयोगका अनुसार ११ वैशाखदेखि सुरु हुने मनाेनयन दर्ता हुनेछ। तर, सत्तारुढ पाँच दलीय गठबन्धनले महानगर र उपमहानगरपालिकाको भागवण्डा गरे पनि उम्मेद्‌वारकाे टुंगाे लगाउन अझै सकेका छैनन् भने प्रतिपक्ष एमाले १० वैशाख उम्मेद्‍वार टुंग्याउने घोषणा गरेको छ।

नेपाली कांग्रेसले मुख्यत: महानगर र उपमहानगरमा उम्मेद्‌वार चयनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने एमालेले शनिबारको बैठकबाट निर्णय लिने भएको छ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाका लागि रेणु दाहाललाई दोहोर्‍याउने जनाइरहेका बेला नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीले भने अझै निर्णय लिन सकेका छैनन्।

हाललाई आन्तरिक छलफलमा रहेको जनाउँदै ११ वैशाखभित्रै निर्णय लिने गरी राजनीतिक दललाई दबाब बढ्दै गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *