विराटनगर महानगरमा मेयर र उपमेयरमा जसपाबाट आठजनाको नाम सिफारिस

डिसी नेपाल
९ वैशाख २०७९ १३:०८

विराटनगर। जनता समाजवादी पार्टी नेपाल मोरङले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा आठजनाको नाम सिफारिस गरेको छ। गठबन्धनमा विराटनगरको मेयर कांग्रेसले पाए पनि जसपाले पनि मेयर र उपमेयर भन्दै आठजनाको नाम सिफारिस गरेको हो।

गठबन्धनमा जसपाले विराटननगरको उपमेयर पाएको छ। शुक्रबार जसपा मोरङले केन्द्रीय कार्यालयमा गरेको सिफारिसमा आठ जनाको नाम समावेश गरिएको छ। जसमा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवको नाम पनि राखिएको छ।

अमरेन्द्रसहित भुराज राई, डा.रामविलास यादव, मो.नसरूल, विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राईको नाम मेयर र उपमेयरमा सिफारिस गरिएको छ।

३० वैशाखमा हुने स्थानीय तह निर्र्वाचनको ११ र १२ वैशाखमा उम्मेदवार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *