धनगढी उपमहानगरपालिकाको उपमेयर उम्मेदवारमा विवेकशीलकी ओझा

डिसी नेपाल
९ वैशाख २०७९ २१:२६
44
Shares

काठमाडौं । विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाएको छ ।
इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष शिक्षक रहेको र २८ वर्षदेखि विभिन्न सामाजिक सङ्घ(संस्थाको संस्थापक रहेको अनुभव छ।

उनले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम संचालन गर्दै विगत २२ वर्ष देखि कैलाली र कञ्चनपुरका अति विपन्न परिवारका १३ सय बालिकाहरूलाई प्रत्येक वर्ष १२ सम्म पठनपाठनका लागि आवश्यक सबै सामग्री सहयोग गरी पढाइको जिम्मेवारी लिएकी छन्। त्यसपछि उच्च शिक्षा अध्ययनको चाहना भएकालाई पनि उनले पढाउँदै आएकी छन् ।

ओझा १४ वर्षदेखि जिल्ला अदालत कैलालीमा बाल इजलासमा समाजशास्त्रकी रूपमा संलग्न छिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *