वरिष्ठ गीतकार शिवाकोटीको शब्द र रामकृष्ण ढकालको स्वरमा आमाप्रति समर्पित गीत सार्वजनिक
काठमाडौं । बरिष्ठ गीतकार विजय शिवाकोटीको शब्दमा आमाप्रति समर्पित गीत ‘निष्ठूरी भइ आमालाई मेरो लगिस् उठाइ…’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर छ । राजु सिंहको संगीतमा तयार भएको यो गीतको म्युजिक एरेन्जमेन्ट अमुल कार्कीढलीले गरेका हुन् ।
शिवाकोटीले यो गीत आफ्नी दिवंगत आमा उर्मिला शिवाकोटीको वियोगमा रचना गरेका हुन् । उनकी आमाको गत वर्ष बैशाख २१ मा निधन भएको थियो । आमाको वार्षिक पुण्डतिथिको अवसर पारेर यो गीत सार्वजनिक गरिएको हो । वास्तविकतामा आधारित यो गीत गाइरहँदा आफूले पनि मन थाम्न नसकेको गायक ढकालले बताएका छन् ।
गीतकार शिवाकोटीको आफ्नै च्यानलबाट यो गीत सार्वजनिक गरिएको छ । यो गीतको रेकर्डिङ राजेश श्रेष्ठले, मिक्सिङ मास्टरिङ किशोर थापाले गरेका हुन् । गीत ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो ।







डिसी नेपाल







Facebook Comment