कांग्रेसले बुटवल मेयरमा पाण्डेलाई उम्मेदवार बनाउने
बुटवल। नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाकाे मेयरमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस नगर सभापति रहेका उनलाई दोस्रो पटक मेयरको टिकट दिइएको हो । कांग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको राति अबेरसम्म बसेको बैठकले यो निर्णय गरेको हो।
उनी यसअघि २०७४ को स्थानीय निर्वाचनमा माओवादीसँग गठबन्धन गरी मेयरको उम्मेदवार बनेका थिए। तर, एमाले उम्मेदवार शिवराज सुवेदीसँग करिब २४ सय मतान्तरले पाण्डे पराजित भएका थिए।
यसपाली पनि मेयरको टिकटका लागि बुटवल नगर कमिटीले उनको नाम सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका थिए। एमालेले भने बुटवलमा बाबुराम भट्टराईलाई मेयरको उम्मेदवार बनाएको छ।







डिसी नेपाल








Facebook Comment