यी हुन् एमालेबाट पोखरामा टिकट पाएका वडाध्यक्षका उम्मेद्‌वारहरू

डिसी नेपाल
१२ वैशाख २०७९ ११:०७
420
Shares

पोखरा। नेकपा एमालेले पोखराका सबे वडामा टिकट टुंग्याएको छ। वडा नम्बर १ मा सहारा प्रधान, २ मा दीपक शाह, ३ मा विष्णुशंकर ख्वाउँजु, ४ मा मदन मुल्मीले टिकट पाएका छन्।

यस्तै, ५ मा विष्णु बराल, ६ मा विष्णु भट्टराई, ७ मा किशोर बराल, ८ मा रुद्रनाथ बराललाई दिइएको छ। वडा नम्बर ९ मा प्रेम गुरुङ, १० मा पवित्रादेवी गुरुङ, ११ मा मीनबहादुर गुरुङ, १२ मा देशभक्त केसी छन्। १३ मा बसन्त बराल, १४ मा ढोलबहादुर गुरुङ, १५ मा तोरण बानियाँ र १६ मा राजेश गुरुङले टिकट पाए।

वडा नम्बर १७ मा राधिका शाही योगी, १८ मा पुस्कलबहादुर थापा, १९ मा इमानराज पौडेल, २० मा गंगाबहादुर केसीले टिकट पाएका प्रदेश कमिटीले जनाएको छ । २१ मा दीपक सुवेदी, २२ मा प्रकाश गुरुङ, २३ मा शिवलाल पराजुली र २४ मा रामचन्द्र थापा वडाध्यक्षको उम्मेद्वार बन्नेछन्।

२५ नम्बर वडामा तीर्थबहादुर थापा, २६ मा सूर्य भण्डारी, २७ मा सूर्यमणि लामिछाने, २८ मा बैनबहादुर गुरुङ छन् भने २९ मा श्रीप्रसाद गुरुङ, ३० मा सोमनाथ बास्तोला, ३१ मा चिरन्जीवी बन्जारा, ३२ मा खेम पुन र ३३ मा शिव आचार्यले टिकट पाए।

एमालेले सबैजसो वडामा नयाँ अनुहार उठाएको छ। वडा नम्बर ८ का रुद्रनाथ बराल र ३३ का शिव आचार्य बाहेक सबै नयाँ अनुहार हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *