सशस्त्र प्रहरीको रिक्त एआईजीमा राजु अर्यालको बढुवा

डिसी नेपाल
१३ वैशाख २०७९ २०:०७
336
Shares

काठमाडौं । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा डिआइजी राजु अर्याललाई बढुवा गरेको छ। गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी बढुवा गरेको हो।

एआइजी भएसँगै अर्याललाई महानिरीक्षक हुने बाटो खुलेको छ। डिआइजी अर्याल वरीयतामा पहिला नम्बरमा थिए। यसैगरी, डिआइजीद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम क्रमशः दोस्रो र तेस्रो नम्बरमा भएपनि उनीहरुले पनि एआइजी बढुवाका आकांक्षी रहेका थिए। यसअघि चैत ३० मा सरकारले पुष्पराम केसीलाई सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नति गरेपछि एआइजीको दरबन्दी खाली भएको थियो।

सोही दरबन्दीमा अर्याललाई बढुवा गरेको हो। वैशाख १९ मा उनै अर्याल आइजीपी हुनेछन् । हालका आइजीपी पुष्पराम केसी सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.