एमएस्सी, एमफिल पढेकी थिइन् आत्मघाती विष्फोटमा चिनियाँ नागरिक मार्ने महिला, श्रीमान डाक्टर
काठमाडौं । पाकिस्तानको कराँची विश्वविद्यालयमा आत्मघाती विस्फोट गराएकी महिला बम आक्रमणकारीको बारेमा चकित पार्ने जानकारी बाहिर आएको छ । यस विस्फोटमा ३ चिनियाँ नागरिकसहित ४ जनाको मृत्यु भएको थियो ।
बलुचिस्तान लिबरेशन आर्मीले यो हमलाको जिम्मेवारी लिएको छ। विस्फोट अघिको एउटा भिडियो पनि सार्वजनिक भएको छ, जसमा बुर्का लगाएकी एक महिला देखिन्छिन् । एक्कासी उसले बम विष्फोट गराएर आफैंलाई उडाउँछिन्।
कराँची विश्वविद्यालयको चाइनिज सेन्टर नजिकै आफूलाई विस्फोट गराउने यी महिला निकै शिक्षित भएको थाहा भएको छ । उनले जूलोजीमा एमएस्सी गरेकी थिइन् र एमफिल गरिरहेकी थिइन् । जबकि उनका श्रीमान् डाक्टर हुन् ।
आक्रमणको जिम्मेवारी लिँदै बीएलएले भनेअनुसार यी महिलाका दुई साना बच्चाहरू छन् (एउटा ८ वर्षको, अर्को ४ वर्षको), जसका कारण उनलाई बीएलए छोड्ने विकल्प पनि दिइएको थियो तर उनले त्यसो गर्न अस्वीकार गरिन्।
उनले बलुचिस्तान र पाकिस्तानको हितका लागि चिनियाँ जनतालाई लक्षित गर्न चाहेको दाबी गरिएको छ । बीएलएले ३० वर्षीया शारी बलोचलाई बलोचको पहिलो महिला फिदाइन आक्रमणकारीको रूपमा वर्णन गरेको छ।
आत्मघाती हमलामा तीन चिनियाँ अधिकारीको मृत्यु भएको थियो । मृत्यु हुनेको नाम ह्वाङ गुइपिङ, दिङ मुफाङ र चेन साई रहेको छ । अर्का अधिकारी वाङ युकिङ र उनका सुरक्षा गार्ड घाइते भएका छन् ।
बलुच लिबरेशन आर्मीले आफ्नो प्रेस विज्ञप्तिमा चीनलाई चेतावनी दिएको छ। उसले पाकिस्तानमा चलिरहेका आफ्ना ‘शोषण’ आयोजना तत्काल बन्द गर्र र पाकिस्तान कब्जा गर्ने सोच नगर्न भनेको छ । अन्यथा त्यहाँ थप आक्रमणहरू हुने जुन अझ खतरनाक हुने भनिएको छ।
बलूच लिबरेसन आर्मीको माजिद ब्रिगेडका सयौं उच्च प्रशिक्षित पुरुष र महिला यस्ता आक्रमण गर्न तयार रहेको दाबी गरिएको छ । यसबाहेक, बलुचको नरसंहार रोक्न पाकिस्तानबाट बलुचिस्तानको स्वतन्त्रताको माग पनि गरिएको छ।







डिसी नेपाल







Facebook Comment