‘सत्तामा टाँसिन इमरान खानले सेनासँग याचना गरे’

डिसी नेपाल
१४ वैशाख २०७९ १५:४१
480
Shares

इस्लामावाद। पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का उपाध्यक्ष म्यारीयम नवाजले निवर्तमान प्रधानमन्त्री इमरान खान सत्तामा टाँसिन र आफ्नो सरकार जोगाउन अन्तिम समयसम्म सेनासँग याचन गरेको आरोप लगाएकी छिन्।

‘इमरान खान यति निराश थिए कि आफ्नो सरकार जोगाउन सेनासँग अन्तिम समयसम्म याचना गरेका थिए। आफूविरुद्धको अविस्वासको प्रस्तावको पूर्वसन्ध्यामा उनले पूर्वराष्ट्रपति तथा पीपीपीका सहअध्यक्ष असिफ अली जर्दारीसँग सहयोग मागेका थिए’, म्यारियमले भनिन्। म्यारियम नवाज सरिफकी छोरी हुन्।

आफ्नो ७५ वर्षको इतिहासमा पाकिस्तानी सेनाले बारम्बार निर्वाचित सरकार कु गर्दै आएको छ। त्यस्तै, सुरक्षा र विदेश मामिलामा पनि सेनाको हस्तक्षेप देखिन्छ । यद्यपि, सेनाले शहबाज शरीफ र खानबीचको हालैको झगडाबाट आफूलाई अलग राखेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *