श्रीमतीलाई प्रेमीको घरमा छोडेर श्रीमान फर्के, बेहुलीका पिताले भने ‘दाइजो पनि फर्काउ’

डिसी नेपाल
१४ वैशाख २०७९ १६:०८

काठमाडौं । भारतको उत्तर प्रदेशको रामपुरबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ एक व्यक्तिले आफ्नी श्रीमतीलाई प्रेमीको घरमा छाडेर गए । तर बिहेमा पाएको धाइजो फिर्ता दिने विषयमा भने कुरै गरेनन् । बेहुलकीका पिताले चार महिनाअघि आफ्नी छोरीको विवाह शाहबाद थाना क्षेत्रका शिवसँग गरेको र आफ्नो हैसियतभन्दा बढी दाइजो दिएको बताए ।

केही समयएछि छोरी र ज्वाइँबीच झगडा सुरु भएको थियो । घटना आजिमनगर प्रहरी चौकी क्षेत्र अन्तर्गतको गाउँको हो। बताइएअनुसार जब युवकलाई थाहा भयो कि आफ्नी श्रीमतीको विवाह अघि कसैसँग प्रेम सम्बन्ध थियो, उनलाई रिस उठ्यो । आइतबार बिहान शाहबाद क्षेत्रका ती युवकले आफ्नी श्रीमतीलाई एउटा विवाहमा सहभागी हुन जानको लागि तयार हुन भनेका थिए ।

यसैबीच बाटोमा ती युवक आफ्नी श्रीमतीको उनका प्रेमीलाई गाउँमा छोडेर गए । यी सबैमा चाखलाग्दो कुरा यो थियो कि शिवले आफ्नी पत्नीलाई उनको प्रेमीको घरमा छोडेका थिए तर बिहे गर्दा पाएको दाइजो आफ्नो कब्जामा लिए । बेहुलीका पिता चन्द्रपाल समाजमा निकै अपमानित भएको देखेर निकै निराश भएका थिए । उनले रगत पसिनाको कमाइले छोरीलाई दाइजो दिएका थिए । छोरीलाई प्रेमीसँग छाडेर गएका ज्वाइँ शिव दाइजो भने कुनै हालतमा फर्काउन तयार छैनन् ।

चन्द्रपालले विवाहमा दिएको दाइजो फिर्ता गर्नुपर्ने बताए ताकी उनले आफ्नी दोस्रो छोरी विवाह गरिदिन सकुन् । ज्वाइँले छोरीलाई छाडेपछि विवाहमा दिएको दाइजो पनि फिर्ता गर्नुपर्ने बेहुलीका पिताको भनाइ छ । बेहुलीका पिताले विवाहपछि पनि दाइजोका लागि छोरीलाई यातना दिएको आरोप लगाएका छन् ।’ तर, अहिले दाइजो माग्न गएपछि हामीलाई धपाइयो’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *