शाहबाज सरिफको मन्त्रिपरिषदमा बिलावल भुट्टोको प्रवेश, पाकिस्तानको नयाँ विदेशमन्त्री बने

डिसी नेपाल
१४ वैशाख २०७९ १६:२५
4
Shares

काठमाडौं । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीले मन्त्री पदको सपथ लिएका छन् । उनलाई पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले सपथ गराएका थिए ।

सो अवसरमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ पनि उपस्थित थिए । बीबीसी उर्दूका अनुसार बिलावल भुट्टो पाकिस्तानको नयाँ विदेशमन्त्री हुनेछन्। बिलावल भुट्टोकी आमा बेनजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री भइसकेकी छिन् भने उनका पिता आसिफ अली जर्दारी पाकिस्तानको राष्ट्रपति भइसकेका छन् ।

३३ वर्षीय बिलावल भुट्टो सन् २०१८ मा पहिलो पटक सांसद निर्वाचित भएका थिए । उनी पहिलो पटक मन्त्री पदमा बसेका हुन् । इमरान खानको सरकारको पतनपछि पाकिस्तानमा पीएमएल (नवाज) का शाहबाज शरीफको नेतृत्वमा गठबन्धन सरकारले सत्ता हातमा लिएको छ । पाकिस्तान पिपुल्स पार्टी यो गठबन्धन सरकारको महत्वपूर्ण सहयोगी हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *