यी सात विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान

डिसी नेपाल
१५ वैशाख २०७९ ९:१०
1.1k
Shares

भैरहवा। आजदेखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्‍चालनमा आउने भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा सञ्‍चालनकाे अनुमति दिएकाे हाे।

यी विमानस्थल हालसम्म १२ घण्टा मात्र सञ्‍चालन हुँदै आएका थिए। तर, बिहान ६ देखि राति १२ बजे गरी १८ घण्टासम्म सञ्चालन हुने भएका हुन्।

विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका विमानस्थल रातिसम्म सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने भएकाे छ।

प्राधिकरणको यो निर्णयले विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने, जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने, यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *