पुटिनको चेतावनी – युक्रेनमा हस्तक्षेप गर्ने देशले बिजुलीको गतिमा जवाफ पाउनेछ

डिसी नेपाल
१५ वैशाख २०७९ ११:१०
176
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको मामिलामा कुनै पनि देशले दखल दिने प्रयास गरेमा त्यसको कडा र द्रुत जवाफ दिइने चेतावनी दिएका छन् ।

रुसी सांसदहरूसँग कुरा गर्दै पुटिनले भने, “यदि बाहिरबाट कसैले युक्रेनमा हस्तक्षेप गर्न खोज्यो भने उसलाई बिजुलीको गतिमा जवाफ दिइनेछ।”

उनले भने, ‘कसैले कल्पना पनि गर्न नसक्ने जवाफ दिने उपकरण हामीसँग छ । हामी यसको बारेमा मात्र बोल्दैनौं, तर यसलाई प्रयोग गर्नेछौं। यस्तो अवस्थामा के गर्ने भन्ने निर्णय भइसकेको पुटिनले बताए । यद्यपि उनले यसबारे आफ्नो विवरण भने दिएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *