भारत र रूसको मित्रवत सम्बन्धबारे अमेरिकाले के भन्यो ?
काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भारत र रुस आफ्नो आवश्यकताका कारण एकअर्काका साझेदार बनेको र अमेरिका भारतको साझेदार बन्न सक्ने अवस्थामा नभएको बेला यस्तो भएको बताए । तर आजको समयमा अमेरिका भारतको साझेदार बन्ने अवस्थामा रहेको उनले दावी गरे ।
ब्लिन्केनले आज अमेरिकाले भारतसँगको सम्बन्धलाई मजबुत बनाउने दिशामा काम गरिरहेको बताए । अमेरिका र भारतबीचको रणनीतिक साझेदारी बढ्दै गएको छ । युक्रेन र रुसबीचको युद्धपछि भारत र अमेरिकाबीचको सम्बन्धलाई लिएर धेरै प्रश्न उठेका छन् ।
अमेरिकाले युक्रेनलाई सीधै समर्थन गर्दै रुसको विरुद्धमा सहयोग गरिरहेको छ भने भारतले यस अवस्थामा आफ्नो अडान तटस्थ राखेको छ । भारत–अमेरिका सम्बन्धमा निकै बहस चलिरहेको छ ।
सिनेट विनियोजन समितिमा बोल्दै, ब्लिन्केनले भने, “यो साझेदारीमा अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण साझेदारी बन्ने सम्भावना छ। हामी आगामी दशकहरूमा धेरै महत्त्वपूर्ण साझेदारीमा बढ्दैछौं। ”
रुससँगको भारतको सम्बन्धबारे टिप्पणी गर्दै ब्लिन्केनले युक्रेनमा रुसको आक्रमणपछि धेरै देशले रुससँगको सम्बन्धलाई नयाँ ढंगले हेरिरहेको बताए ।
उनले भने, ‘यदि भारतको सन्दर्भमा सोध्ने हो भने रुससँगको भारतको सम्बन्ध दशकौं पछाडि जान्छ । हामी रुसको साझेदार बन्न सक्ने अवस्थामा नभएको बेला भारतले रुससँग सम्बन्ध निर्माण गर्नु आवश्यक थियो । अहिले हामी भारतसँगको सम्बन्धलाई मजबुत बनाउने प्रयासमा छौँ । मलाई लाग्छ भारत र अमेरिका बीचको रणनीतिक साझेदारी बिस्तारै बलियो हुँदै गइरहेको छ र चीन पक्कै पनि यसको एक धेरै महत्त्वपूर्ण हिस्सा हो।”
युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिकाले रुसमाथि धेरै प्रतिबन्ध लगाएको छ । यसबाहेक भारतको रुससँगको सम्बन्ध पनि अमेरिकाको निशानामा रहेको छ ।
भारतले रुससँगको आयात–निर्यात सम्बन्धलाई अझै जारी राखेको छ भने अर्कोतर्फ अमेरिकाले आफूले लगाएको प्रतिबन्धको विरुद्धमा नजाँदासम्म आफूलाई कुनै समस्या नभएको बताएको छ ।







डिसी नेपाल







Facebook Comment