पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ पहिलो विदेश भ्रमणमा निस्किए
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ तीन दिने साउदी अरबको भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी आज मदिना पुग्नेछन् । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ यसै महिनाको सुरुमा प्रधानमन्त्री बनेपछि पहिलो पटक विदेश भ्रमणमा छन् । यसै महिनाको सुरुमा साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानको निमन्त्रणामा साउदी अरब जान लागेका हुन् ।
प्रधानमन्त्रीसँगै वरिष्ठ कूटनीतिज्ञको टोली पनि साउदी अरब प्रस्थान गरेको छ । रेडियो पाकिस्तानको समाचार अनुसार उच्चस्तरीय कूटनीतिक टोलीसँगै उनको मन्त्रिपरिषद्का केही छानिएका सदस्य पनि यस भ्रमणमा गएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्रीले साउदी अरेबियाका नेताहरुसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
नेताहरुबीचको भेटमा आर्थिक, व्यापार र लगानीका विषयमा छलफल हुने बताइएको छ । यसका साथै साउदी अरेबियामा पाकिस्तानी कार्यबललाई बढावा दिने विकल्पमा पनि छलफल हुनेछ। यसका साथै दुई देशबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका साझा हितका विषयमा पनि छलफल हुन सक्नेछ । एक विज्ञप्तिमा परराष्ट्र मन्त्रालयका प्रवक्ता असिम इफ्तिखारले पाकिस्तान र साउदी अरेबियाबीच साझा विश्वासको सम्बन्ध रहेको बताए।







डिसी नेपाल







Facebook Comment