कांग्रेस प्रवक्ता महत भन्छन्- केशव स्थापितको गेम इज ओभर

डिसी नेपाल
१५ वैशाख २०७९ १३:१३
112
Shares

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौं महानगरपालिकामा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको गेम इज ओभर भएको बताएका छन्।

काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै महतले स्थापितको हार निश्चित भएको बताएका हुन्।

‘स्थापित जी नोमिनेसन गरेर निस्किँदा मैले सुन्दै थिएँ, गेम इज ओभर रे । म भन्छु, उहाँको गेम इज ओभर । अब बागमतीमा धेरै पानी बगिसकेको छ । फेरि फर्केर आउने सपना नदेखे हुन्छ,’ महतले भने।

एमाले अध्यक्ष केपी ओली र स्थापितलाई लक्षित गरेर उनले राजनीतिलाई मनोरञ्जनको साधन नबनाउन आग्रह गरे ।

काठमाडौं महानगर कांग्रेसले जित्नु भनेको ५० वटा अरु नगरपालिका जिते बराबर हुने उनले बताए । सिर्जना सिंहलाई मत दिएर जिताउन आग्रह गर्दै उनले भने, ‘अरुले कुरा गर्ने तर, नेपाली कांग्रेसले काम गर्छन् । त्यसैले काम गर्ने पार्टीलाई निर्वाचित गर्ने समय आएको छ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *