जिम्बावेविरुद्ध नेपालको खेल परिवर्तन, पहिला टी-२० हुने

डिसी नेपाल
१७ वैशाख २०७९ १८:२९
48
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेको अफ्रिकन टोली जिम्बावे ‘ए’ विरुद्ध नेपालले पहिले टी-२० क्रिकेट शृंखला खेल्ने भएको छ।

तीन एकदिवसीय र तीन ट्वान्टी २० क्रिकेट शृंखलाका लागि नेपाल भ्रमण आएको जिम्बावेविरुद्ध यसअघि नेपालले एकदिवसीय शृंखला खेल्ने तय थियो।

नेपाल र जिम्बावेबीचको एकदिवसीय शृंखलाको पहिलो खेल आज (शनिबार) ९ः३० बजेदेखि सुरु हुने भनिए पनि वर्षाका कारण रद्द भएको थियो। सोही कारण नेपाल क्रिकेट संघ (क्यान)ले शृंखलाको नयाँ तालिका सार्वजनिक गरेको हो।

नेपालले घरेलु मैदानमा पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टोलीविरुद्ध क्रिकेट शृंखला खेल्न लागेको हो।

शृंखलाअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले जिम्बावेविरुद्धको शृंखला आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ को लागि अभ्यास हुने बताएका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *