आईपीएलमा मुम्बईको पहिलो जित
काठमाडौं। राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ।
मुम्बईमा शनिबार राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्याे। मुम्बईको पहिलो जितमा सूर्यकुमार यादवले सर्वाधिक ५१ रन बनाए। यस्तै तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रनको योगदान गरे।
यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनाएको थियो। राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ६७ रन बनाए। यस्तै रविचन्द्र आश्विनले २१ रनको योगदान गरे।
मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले समान दुई विकेट लिए। जितसँगै मुम्बईले आठ खेलपछी पहिलो २ अंक जोडेको छ। राजस्थानले ९ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment