सिटी र लिभरपुलको जित, नर्विच रेलिगेशनमा

डिसी नेपाल
१८ वैशाख २०७९ ७:०७
72
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले आ-आफ्नो खेल जित्दा नर्विच भने पराजित हुँदै रेलिगेशनमा परेको छ।

शीर्ष स्थानको सिटीले लिड्स युनाईटेडलाई ४-० अन्तरले पराजित गरेकाे हाे। सिटीको जितमा रोड्री, नाथन एके, ग्राबियल जिसस र फर्नान्डिन्होले १-१ गोल गरे। पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा तीन गोल गरेको थियो।

जितसँगै सिटी ३४ खेलबाट ८३ अंक जोडेर शीर्ष स्थानमा छ। लिड्स ३४ अंक जोडेर १७औं स्थानमा छ। अर्को खेलमा लिभरपुलले न्युकासललाई १-० अन्तरले हरायो। लिभरपुलको जितमा नेबी केइटाले निर्णायक गोल गरे । खेलको १९औं मिनेटमा केइटाको गोलमा लिभरपुलले महत्त्वपूर्ण तीन अंक जोगायो।

जितसँगै लिभरपुलले ३४ खेलबाट ८२ अंक जोडेको छ र दोस्रो स्थानमा छ। न्युकासल ४३ अंक जोडेर नवौं स्थानमा छ। एस्टन भिल्लासँग २-० अन्तरले पराजित भएसंगै नर्विच रेलिगेसनमा परेको हो ।रेलिगेशनमा परेको नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ।

खेलमा एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र ड्यानी इन्ग्सले १-१ गोल गरे । जितसँगै एस्टन ४० अंक जोडेर १३ औं स्थानमा स्थानमा छ। नर्विच २१ अंक जोडेर पुछारमा छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *