नेपालले जिम्बाब्बे एलाई दियो १८२ रनको लक्ष्य
काठमाडौं। नेपालले जिम्बाब्बे एलाई १८२ रनको लक्ष्य दिएको छ । किर्तिपुर मैदानमा भइरहेको टि–२० खेलमा नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रनको योगफल तयार पारेको हो । नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।
नेपालका लागि मोहम्मद आदिल आलमले ४७ रन, कुशल भुर्तेलले ४६ रन, रोहित पौडेलले ३६ रन, दिपेन्द्र सिंह ऐरीले २८ रन बनाए । जिम्बाब्बेका लागि ल्युक जोंगवेले १, ब्राण्डन माभुताले १, जोन मासाराले १, ब्राड इभान्सले १ विकेट लिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment