सामाजिक सञ्जालमा भ्रामक सामाग्री पोष्ट गर्नेलाई कडा कारबाही गर्ने आयोगको चेतावनी
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालमा मिथ्थ्या सूचना तथा आचारसंहिताविपरीतका सामाग्री प्रकाशन गरे कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
आइतबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सामाग्री पोष्ट गरेमा कडा कारबाही गर्ने बताए।
निर्वाचन आचारसंहिताविपरीतका सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुनअनुसार कारवाही गरिने प्रष्ट पारे।
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निर्वाचन आयोग ऐन २०७३ को दफा १६ बमोजिम कारवाही गरिने उल्लेख गरे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment