गठबन्धन गरी चुनावमा जानु राष्ट्रको आवश्यकता होः वरिष्ठ नेता पौडेल

डिसी नेपाल
१८ वैशाख २०७९ २२:४७
60
Shares

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन गरी चुनावमा जानु राष्ट्रको आवश्यकता भएको बताएका छन् ।

एक सय ३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँद्वारा आज दमौलीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले एक्लै लड्दा सबै ठाउँमा जित हासिल गर्न मुश्किल पर्ने हुँदा कमजोर ठाँउमा गठबन्धन गर्न आवश्यक रहेको बताएका छन् । गठबन्धन बीचको चुनावी तालमेलले राम्रो परिणाम ल्याउने उनको दाबी थियो ।

“यही सरकारलाई संसदीय चुनावसम्म जोगाइ राख्न गठबन्धन दलबीच चुनावी तालमेल गरिएको हो’’, नेता पौडेलले भने । लोकतन्त्र, स्थायित्व र उपलब्धिको रक्षा गर्न कांग्रेस गठबन्धन दलबीच तालमेल गरेर अगाडि बढेको उनको धारणा थियो । देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउन श्रमिकले खेलेको भूमिका महत्वपूर्ण रहेको नेता पौडेलले बताए ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, राष्ट्रियसभाका सदस्य प्रकाश पन्थ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, ट्रेड युनियन कांगे्रस तनहुँका अध्यक्ष सूर्यचन्द्र हड्खले, उपाध्यक्ष लोकराज सेढाइलगायतकाले मजदुरको गास, बास र कपासको व्यवस्थाका साथै सामाजिक सुरक्षामा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.