एसि मिलान, इन्टर मिलान र युभेन्ट्सको जित

डिसी नेपाल
१९ वैशाख २०७९ ७:२७
52
Shares

काठमाडौं। इटालियन सिरी ए फुटबल अन्तरगत आइतबार राति भएको खेलमा इन्टर मिलान, एसि मिलान र युभेन्ट्सले जित निकालेका छन्। उपाधी दौडमा रहेको इन्टरले उडिनेसलाई २-१ अन्तरले हरायो।

इन्टरको जितमा इभान पेरिसिक र लाउटारो मार्टिनेजले एक एक गोल गरे। उडिनेसका लागि पुसेटोले एक गोल गरे। अर्को खेलमा एसी मिलानले फियोरेन्टिनालाई १-० अन्तरले हरायो।

मिलानको जितमा राफायल लिओले खेल सकिन आठ मिनेट अघि निर्णायक गोल गरे। यस्तै अर्को खेलमा युभेन्ट्सले भेनेजियालाई २-१ गोल अन्तरले हरायो । युभेन्ट्सको जितमा लियोनार्दो बोनुचीले दुई गोल गरे।

भेनेजियाको लागि माटिया अरामुले एक गोल गरे। खेलसंगै सिरी एको उपाधी होड थप प्रतिस्पर्धात्मक बनेको छ। समान ३५ खेल खेलेको एसि मिलान ७७ अंक सहित पहिलो, ७५ अंकको इन्टर मिलान दोस्रो र ७० अंकको नापोली तेस्रो स्थानमा छ। ६९ अंकको युभेन्ट्स चौथो स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *