मारिओपोलस्थित स्टिल कारखानामा फेरि हमला
किभ। पूर्वी युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा पुनः हमला सुरु भएको छ। सयौँ सर्वसाधारण कारखानाभित्र फसिरहेका बेला त्यहाँ पुनः हमला भएको एक युक्रेनी अधिकारीले जानाकारी दिएका छन्।
एजोभस्टल कारखानालाई ‘सबै प्रकारका हतियारहरू’ले हमला गरेको राष्ट्रिय गार्ड कमाण्डर डेनीज शेल्गाले बताए। आइतबार अन्तिम सो क्ष्ोत्रमा आश्रय लिएका धेरै नागरिकहरू भाग्न सफल भएका थिए।
तर, अझै दर्जनौँ साना बालबालिकाहरु कारखानाभित्रको बंकरमा रहेका ती अधिकारीले बताए। दक्षिणी बन्दरगाह सहरको कारखाना रुसी बमबारीमा परेको छ। आईतबार ठूलो संख्यामा सर्वसाधारणहरू त्यहाँबाट बाहिरिएपछि फेरि गोलाबारी सुरु भएको ती अधिकारीले युक्रेनी टेलिभिजनलाई बताए।
स्टिलवर्कबाट उद्धारकर्ताहरूको पहिलो समूह सोमबार युक्रेनी–नियन्त्रित सहर जापोरिझियामा आइपुग्ने अपेक्षा गरिएको थियो । तर, उद्धार प्रयासमा ढिलाइ भएको प्राप्त विवरणहरूमा जनाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment