हेटौंडामा गठबन्धनको घोषणापत्र सार्वजनिक
हेटौंडा। पाँच दलीय सत्ता गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको लागि संयुक्त घोषणा पत्र सार्वजनिक गरेको छ। मंगलबार एक कार्यक्रमको आयोजना गरि स्थानीय तहको लागि २२ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो।
घोषणा पत्रमा स्वास्थ्य, शिक्षा, खानपानी तथा सरसफाइ, खेलकुदलाई विशेष प्राथमिकतामा राखिएको छ। हेटौंडा अस्पतालको स्तरोन्नति गर्न पहल गर्ने, ज्येष्ठ तथा अशक्त नागरिकको लागि घरघरमा स्वास्थ्य सेवा उपलब्ध गराउने, आद्योगिक क्षेत्रको लागि अनिवार्य आवश्यक जनशक्ति उत्पादन गर्ने लगायतका विषयहरु घोषणापत्रमा उल्लेख गरिएको छ।
त्यसैगरी वार्षिक ३०० युनिट सम्मको बिजुली निशुल्क गर्ने, बाइपास सडकको स्थायी निर्माण गर्ने, एक घर एक रोजगारलाई प्राथमिकतामा राख्नेसमेत उल्लेख गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment