पूर्वी नवलपरासीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

डिसी नेपाल
२१ वैशाख २०७९ ९:११
372
Shares

गैंडाकोट । पूर्वी नवलपरासीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा कांग्रेस र एमालेका कार्यकर्ताहरुबीच झडप भएको हो।

उक्त झडपको क्रममा दुवैतर्फका ६ जना घाइते भएका छन्। घाइते भएका ६ जनामध्ये ४ जनालाई टाउकोमा चोट लागेको हुनाले उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ।

चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ। उनी अहिले पनि कांग्रेसको तर्फबाट उम्मेदवार छिन्। एमालेबाट चेतबहादुर राना उम्मेदवार छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *