रुसी हमलामा पूर्वी युक्रेनमा २१ सर्वसाधारणको मृत्यु

डिसी नेपाल
२१ वैशाख २०७९ १०:३५
76
Shares

किभ। रुसको पछिल्लो हमलामा कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ। पूर्वी युक्रेनमा भएका ती हमलामा २७ जना घाइते भएका दोनेत्सका गर्भनरले बताए। पूर्वी युक्रेनमा रुसले आफ्नो सैन्य कारबाही तीब्र पारेको छ। रुसको वायुसेनाले युक्रेनमा ३९ सैन्य केन्द्रमा आक्रमण गरेको रुसी रक्षा मन्त्रालयका अधिकारीलाई उदृत गर्दै रुसी समाचार संस्था तासले जनाएको छ।

तीमध्येः दुई कमाण्ड पोष्ट र युक्रेनको सशस्त्र बलको जनशक्ति र सैन्य उपकरणहरूको क्षेत्र रहेको मन्त्रालयका मेजर जनरल इगोर कोनासेन्कोभले बताए।

युक्रेनले रुसलाई मूर्ख बनायोः बाइडेन

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी सेनाले अमेरिकी सैन्य सहायताको सहयोगमा ‘रुसी सेनालाई मूर्ख बनाएको’ बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिभर जेलेन्स्कीले पूर्वी बन्दरगाह सहर मारिओपोलको एउटा कारखानाबाट मुक्त भएका १५६ सर्वसाधारण नागरिक युक्रेन नियन्त्रित सहर जापोरिझिया पुगेको बताएका छन्।

कारखानमाा फसेका अन्य व्यक्तिहरूको उद्दारका लागि राष्ट्रसंघका महासचिव एन्टोनियाो गुटेरेसले आह्वान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *