राष्ट्रिय महिला तथा पुरुष भलिबलः पुलिसको दुवै टोलीलाई सफलता
महिला तर्फ पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई २५–१८, २५–१९, २५–१४ ले तथा पुरुष तर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित गर्दै सफलता प्राप्त गरेको हो ।
यस्तै आजै भएको महिला तर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले होङ्गवाङ्गजी न्यू डायमण्ड क्लबलाई २५–१६, २५–१२, २५–१२ ले पराजित गरेको छ ।
नेपाल पुलिसको यो जितसँगै दुई खेलबाट ६ अंक बनाएको छ भने सेनाको तीन खेलबाट ६ अंकनै रहेको छ ।
यस्तै नेपाल एपिएफ क्लबको ३ अंक, एभरेस्ट भलिबलको २ अंक र न्यू डायमण्डको १ अंक रहेको छ ।
न्यू डायमण्डकी स्टार खेलाडी प्रतिमा माली घुँडामा चोट बोकेका कारण यस प्रतियोगितामा अनुपस्थित रहेकी छिन् ।
राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा भएको प्रतियोगिताको पुरुष तर्फ टिपटप हेल्प नेपालले एपिएफ माथि ३–१ को जित निकाल्यो ।
टिपटपले एपिएफलाई २५–२२, २५–१९, २८–३० र २५–२३ ले पराजित गर्यो । पुलिसले यो जितसँगै ९ अंक बनाएको छ ।
यस्तै हेल्प नेपालको ८ अंक, सेनाको ९ अंक, एपिएफको ३ अंक, गण्डकीको ४ र गलकोटको ० अंक रहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment