चितवनमा संयुक्त सभालाई सम्बोधन गर्दै प्रचण्डले भने– लाल सलाम, जय नेपालको अभिवादन
काठमाडौं।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको संयुक्त सभालाई सम्बोधन गरेका छन् ।सम्बोधनका क्रममा उनले लाल सलाम र जय नेपाल दुवै शब्दावलीको प्रयोग गरेका छन् ।
नेपाल कांग्रेसका नेता तथा कार्यकर्ताबीच ‘जय नेपाल’ प्रचलनमा रहेको थियो भने कम्युनिस्ट नेता तथा कार्यकर्ताबीच ‘लाल सलाम’ शब्दावली प्रचलनमा रहेको थियो । तर, प्रचण्डले आज सम्बोधन गर्दा एकसाथ दुवै शब्दाली प्रयोग गरे ।‘आदरणीय जनसमुदाय लाल सलामा र जय नेपालको अभिवादन,’ अध्यक्ष प्रचण्डले भने ।
लाल सलाम र जय नेपालको प्रयोग सम्बोधनका क्रममा एकसाथ भन्ने सुरुवात २०४६ सालका जनआन्दोलन अघिबाट भएको दाबी उनले गरे । कांग्रेस र कम्युनिस्ट मिलेर पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलन सुरु गर्दा लाल सलाम र जय नेपालले सम्बोधन गर्न थालिएको उनले बताए ।







डिसी नेपाल







Facebook Comment