बिर्सिएकै हो ‘एन्फा डे’ ?

डिसी नेपाल
२२ वैशाख २०७९ २३:२०
52
Shares

काठमाडौं । गणेश थापाले एक छत्र राज गरेको नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को दुई दशकको कार्यकाललाई च्युत गराएका थिए कर्मा छिरिङ शेर्पा र उनको गुटले ।

एन्फामा आर्थिक पारदर्शिता अभाव, भ्रष्टाचार, सामूहिक एकता अभाव, फुटबलमा विकेन्द्रिकरण नारामै सिमितलगायत मुद्दा उठाउँदै ुकर्मा एण्ड कम्पनीुले ुचेन्ज एन्फाुको नारा लगाएर थापाको करिब दुई दशकको सत्ता ढालेको थियो ।

चार वर्षअघि २२ वैशाखमा कर्माको टोली एन्फाको बागढोर समाल्न आएको थियो । १६औँ साधारण सभाबाट एन्फा हाक्न आएको कर्मा एण्ड कम्पनी प्यानलको ठिक चार वर्षे कार्यकाल आज पूरा भएको छ ।

२२ वैशाख ०७५ मा एन्फामा नयाँ नेतृत्वको रुपमा आएको यो टिमले अर्को वर्ष विजयी वर्ष मनायो । त्यो पनि ‘एन्फा डे’ को नाममा । जुन दिन युवा खेलाडी, फुटबलमा योगदान पुर्याएका पदाधिकारी, खेलाडी लगायतलाई पुरस्कृत गरियो ।

यसरी सामूहिक नेतृत्व, आर्थिक पारदर्शिता, विकेन्द्रिकरणका नारा लगाएर एन्फामा आएको टिम दोस्रो वर्ष नलाग्दै आन्तरिक द्वन्दमा फस्यो । वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष विरबहादुर खड्का र महासचिव ईन्द्रमान तुलाधरलाई मिलाउन नसक्दा अध्यक्ष शेर्पा सुरुआवाती दिनबाटै एन्फामा चेपिए । केहिले पंकज बिच्कने त कहिल खड्का । बेला बेला महासचिव तुलाधर ।

सबैलाई समेटेर एन्फा नेतृत्वमा आएका कर्मा अहिले आफ्नै टिम फुट्दा आगामी चुनावमा त्यही कार्यसमितिमा सहयोग गरेका साथीविरुद्ध आगामी चुनावमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दैछन् ।

पक्का त भएको छैन तर तयारीमा लागेको चर्चा छ । आगामी ६ असारमा हुने चुनावका लागि कर्मा र पंकज चुनावी मैदानमा भिड्ने करिब करिब निश्चित छ । दुबै टोली प्यानलसहित आन्तरिक तयारीमा जुटेका छन् ।

तर, यही टिमले आफ्नो विजयी दिनको रुपमा मनाउन सुरूवात गरेको ‘एन्फा डे’ दोस्रो वर्ष लगत्तै हुन सकेको छैन । विश्वभर फैलिएको कोरोना कारण तेस्रो वर्षलाई बिर्सिएको नेतृत्वले अन्तिम वर्षलाई समेत सम्झन सकेन ।

एन्फा नेतृत्वले ‘एन्फा डे’ बिर्सिएको दिन पूर्व अध्यक्ष थापाले भने नेतृत्वलाई एकबिहानै आज ‘एन्फा डे’ भनेर समाजिक संजालमार्फत सम्झाइदिए ।

उनले आफ्नो सत्ता ढले पछिको रिस र आक्रोस बिहानै सामाजिक संजाल मार्फत पनि पोखेका छन् । ‘आजको दिन ‘एन्फा डे’ को नाममा करिब २० लाख रुपैयाँ अन्नपूर्ण होटेलमा रात्रिभोजको आयोजना र जाड रक्सी खाने कार्यक्रम तथा विगतमा खेलाडीहरूले प्राप्त गर्दै आएको कार तथा अपार्टमेन्ट पुरस्कार नदिएर खेलाडीलाई ११ लाख रुपैयाँ दिएको थियो ।’

यस्तै, थापाले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एन्फामाथि लगाएको अघोषित नाकाबन्दीका कारण आर्थिक अभावका कारण कार्यक्रम रोकिएको समेत अभिव्यक्ति दिएका छन् । ‘विगत दुई वर्षदेखि फिफाले अघोषित रुपमा आर्थिक नाकाबन्दी लगाएको कारणले कार्यक्रम रोकिए छ,’ थापाले लेखेका छन् ।

अध्यक्ष कर्मा र उनको प्यानलमा रहेका पदाधिकारीलाई सामाजिक संजालबाटै खेदो खेन्न नछोड्ने थापाले ‘एन्फा डे’मार्फत सामाजिक संजालमा चर्चा बटुल्दै आएका तिनै पदाधिकारीलाई व्यङ्य गर्दै ‘एन्फा डे’ बिर्सिएको बताएका छन् ।

‘५ मे २०२० मा ‘एन्फा डे’ भनेर विभिन्न समाजिक सञ्जालमा पोष्ट गर्नेहरूले दुई वर्षदेखि ‘एन्फा डे’ बिर्सिएको जस्तो लाग्यो ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *