आईपीएल : दिल्लीले हैदरावादलाई हरायो

डिसी नेपाल
२३ वैशाख २०७९ ६:४४
44
Shares

काठमाडौं। सनराईजर्स हैदरावादलाई २१ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सले पाँचौ जित निकालेको छ। बिहीबार राति दिल्लीले दिएको २०८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो।

हैदरावादका निकोलस पुरनले सर्वाधिक ६२ रन बनाए। यस्तै एडिन मार्रक्रमले ४२ रनको योगदान गरे। दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए। यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २०७ रनको बलियो योगफल तयार पारेकाे थियाे।

दिल्लीका डेभिड वार्नरले सर्वाधिक ९२ रन बनाए। यस्तै रोभम्यान पावेलले ६७ रनको योगदान गरे। जितसँगै १० खेलबाट १० अंक जोडेको दिल्ली पाचौ स्थानमा छ । हैदरावाद १० खेलमा १० अंक जोडेर छैटौ स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *