आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने

डिसी नेपाल
२३ वैशाख २०७९ ७:०९
44
Shares

काठमाडाैं। सत्ता गठबन्धनले आज शुक्रबार काठमाडाैं उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ। बिहीबार मात्र भरतपुरमा चुनावी सभा गरेकाे गठबन्धनले आज दिउँसाे २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेकाे हाे।

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन्। काठमाडाैं महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन्।

बिहीबार भरतपुरमा आयाेजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडाैंमा सभा गर्न लागेका हुन्। कांग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेकाे छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन्।

कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *