युरोपा लिगको उपाधि लागि रेन्जर्स र फ्रान्कफुर्ट भिड्ने
काठमाडौं। यूइएफए युरोपा लिगको उपाधिका लागि रेन्जर्स र आइनट्राख्ट फ्रान्कफुर्ट भिड्ने भएका छन्। बिहीवार राति टर्किस क्लब रेन्जर्सले जर्मन क्लब आरबी लाइपजिगलाई सेमिफाइनलको दोस्रो लेगमा ३-१ हरायो । समग्रमा लाइपजित ३–२ को जित निकाल्न सफल भयो।
घरेलु टोलीको जितमा जेम्स टाभेनिएर, ग्लेन कामरा र जोन लन्डस्ट्रोमले गोल गरे। यस्तै लाइपजिगका लागि क्रिस्टोफोर एनकुकुले सान्त्वना गोल गरे। अर्काे सेमिफाइनल खेलमा फ्रान्कफुर्टले वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेकाे छ । फ्रान्कफुर्ट समग्रमा ३–१ ले विजयी भयो।
फ्रान्कफुर्टको जितमा राफयल सान्तोस बोरेले खेलको २६औं मिनेटमा निर्णायक गोल गरे। दुई टोलीबीचको उपाधिका भिडन्त १८ मे मा स्पेनमा हुनेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment