मेयर उम्मेदवार गौतमको सवारीसाधन आगजानी गर्नेलाई कारबाही गर्न राप्रपाको माग

डिसी नेपाल
२३ वैशाख २०७९ ११:०७
116
Shares

काठमाडौं। राप्रपाले मोरङको बेलबारी नगरपालिकामा मेयर पदका उम्मेदवार खेमराज गौतमको सवारीसाधन आगजनी गर्नेलाई कारबाही गर्न माग गरेको छ। राप्रपाबाट मेयर उम्मेदवार बनेका गौतमको सवारीसाधनमाथि पेट्रोल छर्किएर आगजानी गरिएपछि सो पार्टीले दोषीमाथि कारबाही गर्न माग गरेको हो।

उम्मेदवार गौतमको सवारीसाधनमाथि आगजानी गरिएको घटना निन्दनीय रहेको भन्दै राप्रपाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको हो।

‘मोरङको बेलबारी नगरपालिकामा राप्रपाको तर्फबाट मेयर पदका उमेदवार खेमराज गौतमको सवारीसाधनमाथि आगजनी गरिएको घटना दुःखद र निन्दनीय छ।

सिसिटिभी फुटेजबाट मोटरमा पेट्रोल छर्केर आगो लगाउने व्यक्तिको पहिचान भएको र नेपाली कांग्रेसको कार्यकर्ताको रुपमा परिचित निज पक्राउसमेत परिसकेको अवस्थामा घटनाको यथार्थ विवरण लिन, निजलाई उक्साउने व्यक्ति, समूह र दलबारे सत्यतथ्य छानबिन गरी हदैसम्मको कारबाहीको माग गर्दछौं,’ राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राप्रपाले निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.