मधु अधिकारीले परित्याग गरे राप्रपा
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले पार्टी परित्याग गरेका छन् । पार्टी भित्र विभिन्न बेथिति भित्रिएको भन्दै अधिकारीले पार्टी परित्याग गरेका हुन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उनले शुक्रबार विज्ञप्ति जारी गर्दै राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् । अधिकारी हेटौंडा उपमहानगरपालिकाको मेयरका आकांक्षी थिए । तर अन्तिम समयमा आएर दीपक सिंहलाई मेयरको उम्मेदवार बनाएपछि उनी असन्तुष्ट बनेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment