निर्णायक खेलमा नेपाल र जिम्बावे ‘ए’, टस ढिला हुने
काठमाडौं। नेपाल भ्रमणमा रहेको जिम्बावे ‘ए’ र नेपालबीचको अन्तिम तथा निर्णायक एक दिवसिय खेल आज हुदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल साढे ९ बजे हुने तालिका रहेको छ। तर राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस केही समय पर धकेलिने क्यानले जनाएको छ।
नेपाल र जिम्बावे ए बीचको तीन एकदिवसिय सिरिज १–१ को बराबरी अवस्थामा छ। पहिलो खेलमा जिम्बावे तीन विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो।
अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment