डोटीको विकासका लागि लाग्नेछुः अध्यक्ष प्रचण्ड
डोटी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश दुर्घटनाबाट जोगाउनका लागि अहिले पाँच दलीय गठबन्धन गरेको बताएका छन् । नेकपा(माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) ले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धन नगरेको भए देश ठूलो सङ्कटमा पर्ने निश्चित रहेको बताए ।
उनले भने, “देशमा आमूल परिवर्तनपछि नागरिकलाई विकास चाहिएको छ, विकास निर्माणका काम गर्नकै लागि हामीले गठबन्धन गरेका हौँ, हाम्रो गठबन्धन वर्षौंसम्म रहनेछ ।” अध्यक्ष दाहालले सुदूरपश्चिमसहित डोटीको विकास तथा स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्नेसमेत बताए । उनले भने, “पूर्वपछि अब विकास गर्ने पालो सुदूरपश्चिमतिर छ, मसहित सिङ्गो पार्टी यहाँको विकासका लागि अग्रसर हुनेछौँ ।”
आफ्ना क्षेत्रको विकास गर्ने जिम्मा अब डोटेली जनताको भएकाले यहाँको विकास गर्ने वा नगर्ने भन्ने जिम्मा यहीँका नागरिकको भएकोसमेत अध्यक्ष प्रचण्डले जिकिर गरे । अहिलेको निर्वाचन भनेको विकास गर्ने र विकास नगर्नेका बीच भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे ।







डिसी नेपाल







Facebook Comment