आईपीएल : कोलकाताकाे पाँचाै जित, मुम्बई पराजित

डिसी नेपाल
२७ वैशाख २०७९ ६:४९
80
Shares

काठमाडौं। मुम्बई इण्डियन्सलाई ५२ रनले पराजित गर्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पाँचौ जित निकालेको छ।

सोमबार राति कोलकाताले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै जम्मा ११३ रन मात्र बनायो।

मुम्बईका इशान किशनले सर्वाधिक ५१ रन बनाए। यस्त केइरन पोलार्डले १५ रनको योगदान गरे। कोलकाताका प्याट कमिन्सले ३ विकेट लिए।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १६५ रनक योगफल तयार पारेकाे थियाे। कोलकाताका नितिश राना र भेन्काटेस एयरले समान ४३ रन बनाए । अजिन्का रहानेले २५ रनको योगदान गरे । मुम्बईका जस्प्रित बुम्राहले ५ विकेट लिए।

जितसँगै कोलकाता १२ खेलबाट १० अंक जोडेर सातौ स्थानमा छ। मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *