एमालेले दियो लबरुका छोरालाई वडाध्यक्षकाे टिकट

डिसी नेपाल
२८ वैशाख २०७९ १३:४१
568
Shares

दाङ। नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका-१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ। प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन्।

एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको छ। उनले आज मनोनयन दर्ता गराएका हुन्। लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन ३ जेठमा गर्ने जनाएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.