निर्वाचन बहिस्कार गर्ने नेकपा (बहुमत)का संयोजकसहित तीन जना प्रहरी नियन्त्रणमा
काठमाडौं। स्थानीय तह निर्वाचन बहिस्कार गर्ने नीति लिएको नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आज बिहान इलाका प्रहरी कार्यालय भालुबाङ दाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट बास्तोलासहितलाई नियन्त्रणमा लिएको हो।
भालुबाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले निर्वाचन बहिस्कार गर्ने उक्त पार्टीको नीति भएकोले सोधपुछका लागि नियन्त्रणमा लिएको बताए।
‘नयाँ पार्टी रहेछ उहाँको। निर्वाचन पनि बहिस्कार गर्ने नीति रहेछ। त्यही भएर के कसो भनेर सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ’, डीउसपी रिजालले भने।
कञ्चनसहितका नेताहरूलाई कोहलपुरतिर जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो। स्थानीय तह निर्वाचनअन्तर्गत मौन अवधि जारी रहँदा बुटवलमा बम विस्फोट भएको थियो । विस्फोटस्थलमा कञ्चन नेतृत्वको पार्टीको पर्चा भेटिएको थियो।
हालै नेत्रविक्रम चन्द ‘विप्लव’लाई कारबाही गरेपछि कञ्चन नेतृत्वमा उक्त पार्टी गठन भएको हो। विप्लवले पनि कञ्चनलाई कारबाही गरेका थिए । विप्लप निर्वाचनको पक्ष र कञ्चन विपक्षमा छन् । यही विषयमा उनीहरूबीच मतभेद हुँदा अन्ततः पार्टी नै अलग भएको हो।







डिसी नेपाल








Facebook Comment