गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘प्रेमको निशानी’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ “प्रेमको निशानी” को गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। निकै मार्मिक म्युजिक भिडियोलाई गायक सिवाकोटीलेआफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएका छन्।
बिगत लामो समयदेखि गीत संगीतमा निरन्तर रुपमा प्रवासमा बसेर अगाडी बढिरहेका यूरोप निवासी यूरोपका स्थापित गायक हुन् तुलसी सिवाकोटी। प्राय युरोपको हरेक देशमा आफ्नो प्रस्तुति दिसकेका उनले यूरोप मात्र नभएर यूरोप बाहिर रहेको बिभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिसकेका छन्।
प्रवासको बसाई आफ्नो काम परिवार र संगीत एकैसाथ अगाडी बढाउनु धेरै चुनौती को कुरा हो। तर पनि प्रवासमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना र गीत संगीत क्षेत्रमा उनको योगदान दिइरहेका छन्।
दुइ दर्जनभन्दा बढी गीतमा आफ्नो स्वर दिसकेका गायकले “तिम्रो मेरो प्रेम कहानी’ ‘म त मान्छे सिधा साधा’ ‘प्यारी छोरी न बचाउन सके’”हे माया” जस्ता गीत लोकप्रिय छन् । पार्श्व गायनमा समेत आफ्नो स्वर दिसकेका गायकले प्राय देश तथा बिदेशमा गरिने कार्यक्रममा प्रस्तुति निकै दमदार रहने गरेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment