भरतपुर मेयर उम्मेदवार सुवेदीले गरे मतदान
चितवन। चितवन भरतपुर मेयरका उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिएका उनले भरतपुर- १२ स्थित मोहन माविबाट मतदान गरेका हुन्।
यसअघि भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी थिइन्।
उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन्। उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment