मनाङबाट सुरु भयो मतगणना

डिसी नेपाल
३० वैशाख २०७९ २२:०४
3.6k
Shares

काठमाडौं । हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिए ।

जिल्लामा चार गाउँपालिका रहेको छ । जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको र त्यसको एक घण्टापछि अन्य गाउँपालिकामा समेत सुरु भएको उनले बताए । जिल्लामा कूल ६ हजार ४९६ मतदाता रहेका छन् । कूल चार हजार ६७ मत खसेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.